scheduleशुक्रवार आश्विन १ गते, २०७८

प्रधानमन्त्री देउवा निवासमा काँग्रेस शीर्ष नेताको बैठक

काठमाडाैं, १४ साउन । नेपाली काँग्रेसको शीर्ष नेताको बैठक आज पनि बस्दै छ । दिउँसो २ बजे सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बस्ने बैठक महाधिवेशनको विषयमा केन्द्रित रहनेछ ।

बिहिबारको बैठकमा क्रियाशील सदस्यता छानविन समितिले बुझाएको प्रतिवेदनमाथि छलफल हुने पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । मंगलबार पार्टी सभापति शेरबहादुर देउवासमक्ष पेश गरेको प्रतिवेदनमा अझै केही मिलाउन सकिने विषय रहेकाले त्यसलाई मिलाउन भन्दै समितिलाई आज दिउँसो सम्मको समय उपलव्ध गराइएको थियो ।

यसअघि बुधबार पनि देउवा निवास बुढानीलकण्ठमा करिब ४ घन्टा छलफल चलेको थियो । बैठकमा विशेष महाधिवेशनको विषयसमेत उठेको छ । आजको बैठकमा यो विषयले पनि प्रवेश पाउने जनाइएको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय