scheduleबुधवार आश्विन १३ गते, २०७८

भारत ८१ रनमा समेटिँदा श्रीलंकालाई श्रृंखला उपाधि

काठमाडौं, १५ साउन । पाहुना टोली भारतसँगको टी-२० श्रृंखला श्रीलंकाले जितेको छ । गएराति भएको निर्णायक खेलमा भारतलाई सात विकेटले हराउँदै श्रीलंकाले तीन खेलको श्रृंखला २-१ ले जितेको हो ।

भारतले लिएको ८२ रनको सामान्य लक्ष्य श्रीलंकाले १४.३ ओभरमा ३ विकेटको क्षतिमा पूरा गर्‍यो । श्रीलंकाको जीतमा धनन्जय डासिल्भा २३ रनमा अविजित रहे भने मिनोद भानुकाले १८ रन बनाए ।

वनिन्दु हसरङ्गा १४ रनमा अविजित रहँदा अभिस्का फर्नान्डोले १२ रन बनाए । भारतका राहुल चहरले तीन विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर ८१ रनको सामान्य योगफल तयार गरेको थियो । कुलदीप यादवले सर्वाधिक २३ रन बनाए भने भुवनेश्‍वर कुमारले १६ रन बनाए ।

श्रीलंकाका वनिन्दु हसरङ्गाले ४ विकेट लिए भने कप्तान दशुन शनकाले २ विकेट लिँदा दुस्मान्था चमीरा र रमेश मेन्डिसले १-१ विकेट लिए ।

दुई टोलीबीच भएको एकदिवसीय श्रृंखला भने भारतले २-१ ले जितेको थियो ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय