scheduleमगलवार आश्विन ५ गते, २०७८

प्रिसिजन मैत्रीपूर्ण खेलमा बर्लिनसँग लिभरपुलको हार

काठमाडौं, १५ साउन । घरेलु लिगको नयाँ सिजन सुरु हुनुअघिको प्रिसिजन मैत्रीपूर्ण खेलमा प्रिमियर लिग क्लब लिभरपुल पराजित भएको छ । गएराति भएको खेलमा लिभरपुलाई बुन्डेसलिगा क्लब हर्था बर्लिनले ४-३ ले हराएको हो ।

बर्लिनको जितमा स्टेभन जोभिटिचले दुई तथा सान्टियागो एस्कासिवार र सुआट सेरदारले समान एक गोल गरे । लिभरपुलका साडियो माने, ताकुमी मिनामिनो र एलेक्स अक्सलेड चेम्बरलिनले गोल गरेपनि हार टार्न सकेनन् ।

खेलको २१औं मिनेटमा सान्टियागोको गोलबाट बर्लिनले अग्रता लिएको थियो । ३१औं मिनेटमा सेरदारले गोल गर्दै टोलीको अग्रता दोब्बर पारे । साडियो मानेले ३६औं मिनेटमा तथा ताकुमी मिनामिनाले ४२औं मिनेटमा गोल गर्दै खेललाई २–२ गोलको बराबरीमा ल्याए ।

६६औं मिनेटमा स्टेभन जोभेटिकले गोल गर्दै बर्लिनलाई ३–२ ले अघि बढाए । ८०औं मिनेटमा स्टेभन जोभेटिकले व्यक्तिगत दोस्रो तथा टोलीका लागि चौथो गोल गर्दै जीततर्फ अघि बढाए । ८८औं मिनेटमा एलेक्स अक्सलेड चेम्वरलेनले गोल गर्दै खेललाई ४–३ को अवस्थामा ल्याएपनि त्यसपछि थप गोल निस्कन नसक्दा लिभरपुल पराजित भयो ।

यसैबीच लिभरपुलका डच डिफेन्डर भर्जिल भान डाइकले यसै खेलमार्फत पुनरागमन गरेका छन् । चोटका कारण मैदानबाहिर रहेका उनी २८५ दिनपछि फर्किएका हुन् ।

डच टोलीका कप्तान समेत रहेका उनले युरोकप फुटबल पनि गुमाएका थिए । गत अक्टोबरमा चोट बोकेपछि उनको घुँडाको लिगामेन्टको चोटको शल्यक्रिया गरिएको थियो ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय