scheduleशुक्रवार आश्विन १ गते, २०७८

दोस्रो चरणको महामारीका बेला भारतलाई ५२ देशको सहयोग

नयाँ दिल्ली, १५ साउन । कोरोनाभाइरसको दोस्रो चरणको महामारी चलिरहेका बेला भारतलाई विश्वका ५२ देशले सहयोग गरेको पाइएको छ । भारतलाई ती देशहरुले स्वास्थ्य सामग्री, उपकरणसहितका विभिन्न स्रोतसाधनको सहयोग गर्नुका साथै सहानुभूति पनि प्रकट गरेका थिए ।

महामारी फैलिएपछि विभिन्न अभाव र समस्या भएको भारतलाई ती देशहरुको सहयोगकै कारणले महामारी व्यवस्थापन गर्न सजिलो भएको थियो । शुरुमा विभिन्न अभाव र समस्या भए पनि आन्तरिक स्रोतको व्यवस्थापन र बैदेशिक स्रोत र सहयोग प्राप्त भएपछि सजिलो भएको अधिकारीहरुले जनाएका छन् ।

राष्ट्रियसभाको बैठकमा विदेश मामिला राज्यमन्त्री भी मुरलिधरणले मित्र राष्ट्रहरुको सहयोगप्रति धन्यवाद व्यक्त गरेका थिए । ‘दोस्रो चरणको महामारी भइरहेको बेला हामीलाई धेरै मित्र राष्ट्रहरुले खुलेर सहयोग गरे, सहानुभूति देखाए, हामी उनिहरुप्रति आभारी छौँ’, धन्यवाद दिन चाहन्छौँ, उनले भने ।

विषेश गरेर विदेशी दाताहरुले दिएको उपकरण, औषधि, खोपलगायतका स्वास्थ्य सामग्रीले ठूलो राहत भएको पनि उनले जानकारी दिए । ‘आजको दिनसम्म हामीलाई ५२ देशले विभिन्न सहयोग दिएको देखिएको छ, उनीहरुले सरकारबाट सरकारलाई, संस्थाबाट संस्थालाई, कम्पनीबाट कम्पनीलाई वा व्यक्तिवाट व्यक्तिलाई दिएको पनि पाइएको छ’, विदेश राज्यमन्त्री मुरलीधरणले भने । रासस

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय