scheduleमगलवार आश्विन ५ गते, २०७८

‘भ्वाइस अफ नेपाल’ को फाइनल पुग्‍ने चार प्रतिस्पर्धीको टुङ्गो लाग्यो, चार बाहिरिए

काठमाडौं, १५ साउन । चर्चित गायन रियालिटी शो ‘द भ्वाइस अफ नेपाल-सिजन ३’ को फाइनलमा पुग्‍ने चारजनाको टुङ्गो लागेको छ ।

आज भएको सेमिफाइनलको प्रस्तुतिपछि चारवटै कोचका एक-एक जना प्रतिस्पर्धी बाहिरिएसँगै फाइनल पुग्‍ने चारजनाको छिनोफानो भएको हो ।

भोटिङका आधारमा भएको नतिजाअनुसार टिम दीपबाट गोविन पुन, टिम राजुबाट सोनाम शेर्पा, टिम तृष्णाबाट अफ्रिता खड्गी र टिम प्रमोदबाट रवि गहतराज बाहिरिएका छन् ।

चारजनाको बहिर्गमनसँगै आर्यन तामाङ, तारा श्रीस मगर, ज्वाला राई र किरण गजमेर फाइनलमा प्रवेश गरेका हुन् ।

भ्वाइस अफ नेपाल को फाइनल आउँदो शनिबार २३ गते हुँदैछ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय