scheduleशुक्रवार आश्विन १ गते, २०७८

कर्णालीमा डूङ्गा पल्टिँदा तीन बेपत्ता

-फाइल तस्वीर

सुर्खेत, १७ साउन । कर्णाली नदीमा डुङ्गा पल्टिँदा तीन जना बेपत्ता भएका छन् । आइतबार दिउँसो करिब १२ बजेको समयमा कैलाली मोहन्याल गाउँपालिका-३ रांगा मलेखाबाट सुर्खेतको चौकुने गाउँपालिका-४ मा जाने क्रममा डुंगा दुर्घटना भएको हो ।

डुङ्गामा १० जना सवार रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ । बच्चालाई सुर्खेतको स्वास्थ्य चौकीमा खोप लगाउन जाने क्रममा कर्णालीमा डुंगा पल्टिएको हो ।

काठको डुङ्गा दुर्घटनामा पर्दा बेपत्ता हुनेमा कैलालीको मोहन्याल गाउँपालिका-३ राघका उर्मिला सलामी, धनी सलामी र धनी सलामीका डेढ महिनाका छोरा रहेका छन् ।

पाँच जनाको भने सकुशल उद्धार गरिएको छ । त्यसैगरी दुई जना घाइते भएको प्रहरीले कार्यालयले जनाएको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय