scheduleमगलवार आश्विन ५ गते, २०७८

वेस्टइन्डिज र पाकिस्तानबीचको तेस्रो टी-२० खेल रद्द

काठमाडौं, १८ साउन । वेस्टइन्डिज र पाकिस्तानबीचको टी-२० श्रृंखलाअन्तर्गत तेस्रो टी२० खेल रद्द भएको छ ।

गएराति खेल सुरु भएको केहीबेरमै वर्षा हुन थालेपछि अवरुद्ध भएको खेल वर्षा नरोकिएपछि रद्द गरिएको हो ।

टस जितेर पहिले ब्याटिङ रोजेको वेस्टइन्डिजले ८ बलको खेलमा कुनै विकेट नगुमाइ १५ रन बनाएर खेलिरहेको थियो ।

चार खेलको श्रृंखलामा पाकिस्तान १-० ले अगाडि छ । पहिलो खेल रद्द हुँदा दोस्रो खेल पाकिस्तानले जितेको थियो ।

अब अन्तिम खेल मङ्गलबार हुनेछ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय