scheduleशुक्रवार आश्विन १ गते, २०७८

इजिप्टको सेनाद्वारा ८९ अतिवादी मारिए

एजेन्सी, १८ साउन । इजिप्टको सेनाले पछिल्लो समयमा थप ८९ अतिवादीहरू मारिएको दाबी गरेको छ । अति खतरा मानिएका अतिवादीहरू देशको उत्तरपूर्वी क्षेत्रमा पर्ने उत्तर सिनाइमा मारिएको सेनाले आइतबार जानकारी दिएको छ ।

सुरक्षाकर्मीहरूले घटनास्थलबाट अतिवादी लडाकूहरूले प्रयोग गरेका विस्फोटक पदार्थ, सवारी साधन, हातहतियारलगायत बरामद गरेको पनि सेनाले जनाएको छ ।

अतिवादीहरूका गतिविधि न्यूनीकरण गराउने अभियानअन्तर्गत सुरक्षा कारबाही गर्दा उनीहरूको मृत्यु भएको सेनाद्वारा जारी वक्तव्यमा उल्लेख गरिएको छ ।

घटनामा परी सुरक्षाकर्मीतर्फ पनि केही क्षति भएको सुरक्षा स्रोतले पुष्टि गरेको छ । वक्तव्यका अनुसार आठ सुरक्षाकर्मी घटनामा परेका हुन् ।

घटना भएको क्षेत्रमा लामो समयदेखि हिंसात्मक गतिविधिहरू हुँदै आएकाले नियन्त्रण गर्न सरकारले कडा कदम चाल्दै आएको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय