scheduleशुक्रवार आश्विन १ गते, २०७८

प्रिसिजन मैत्रीपूर्ण खेलमा चेल्सीले आर्सनललाई हरायो

काठमाडौं, १८ साउन । प्रिमियर लिग सुरु हुनुअघिको मैत्रीपूर्ण खेलअन्तर्गत भएको लन्डन डर्बीअर्थात् चेल्सी र आर्सनलबीचको खेलमा चेल्सी विजयी भएको छ ।

गएराति भएको खेलमा चेल्सीले आर्सनललाई उसैको मैदानमा २-१ ले हराएको हो ।

चेल्सीको जितमा काइ हाभेर्ट्ज र टामी अब्राहमले १-१ गोल गरे । घरेलु टोलीका लागि ग्रानिट झाकाले एक गोल फर्काए ।

खेलको २७औं मिनेटमा काई हाभर्टजको गोलबाट चेल्सीले अग्रता लिएको थियो । ६९औं मिनेटमा ग्रानिट झाकाले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए ।

७२औं मिनेटमा टामी अब्राहमले गोल गर्दै चेल्सीलाई २–१ ले अघि बढाए । त्यसपछि थप गोल निस्कन नसक्दा चेल्सी विजयी हुन सफल भयो ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय