scheduleशुक्रवार आश्विन १ गते, २०७८

अलमुताइरी भन्छन्- अब साफ च्याम्पियनसिप जित्‍नु छ, जित्छौं !

काठमाडौं, १८ साउन । नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले अबको लक्ष्य साफ च्याम्पियनसीप जित्‍नु भएको बताएका छन् । सामाजिक सञ्‍जालमा लेख्दै उनले केही उद्देश्यहरु पूरा भएको र केही आगामी दिनमा पूरा हुने विश्‍वास व्यक्त गरेका हुन् ।

उनले नेपाली टोली एसियन कप छनौटको तेस्रो चरणमा पुग्‍न सफल भएको कुरा उपलब्धि भएको कुरा उल्लेख गरेका छन् । त्यसैगरी टोलीको औसत उमेर घटाउने लक्ष्य पनि पूरा भएको उनले बताए । नेपाली टोलीमा हाल युवा खेलाडीको बाहुल्यता रहेको छ ।

‘आगामी अक्टोबरमा नेपाल वा माल्दिभ्समा साफ च्याम्पियनसिप हुँदै छ । नेपालले त्यो प्रतियोगिता जित्‍नैपर्ने हुन्छ र जित्छौं’, अलमुताइरीले प्रतिबद्धता व्यक्त गरेका छन् ।

अलमुताइरी नेपाली समर्थकहरुसँग सामाजिक सञ्‍जालमार्फत जोडिने गरेका छन् । उनले सबैजसो कुरा फेसबुकमार्फत नै जानकारी गराउने गर्छन् ।

उनको आगमनपछि नेपाली टोलीको प्रदर्शनमा सुधार भएको छ र उनी नेपालीमाझ लोकप्रिय बन्दै गएका छन् ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय