scheduleशुक्रवार आश्विन १ गते, २०७८

माओवादी केन्द्रको स्थायी समिति बैठक स्थगित

काठमाडौं, १८ साउन । नेकपा माओवादी केन्द्रको आजका लागि तय भएको स्थायी कमिटी बैठक स्थगित भएको छ । सरकारमा सहभागी हुने मन्त्रीहरुको टुङ्गो लगाउन आज अपरान्ह ३ बजेका लागि स्थायी कमिटी बैठक बोलाइएको थियो ।

तर अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको कार्यव्यस्तताले आज बैठक नबस्‍ने भएको एक नेताले बताए । प्रधानमन्त्री शेरबहादुर देउवासँग अध्यक्ष प्रचण्डले आइतबार भेट गर्ने भने पनि भेटवार्ता हुन सकेको थिएन।

अध्यक्ष प्रचण्डले प्रधानमन्त्री देउवा र अन्य शीर्ष नेतासँग भेटवार्ता गर्नेजस्ता कार्यक्रम बाँकी नै रहेकोले स्थायी कमिटी बैठक आज नबस्‍ने भएको हो ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय