scheduleशुक्रवार आश्विन १ गते, २०७८

जीप पहिरोले पुरिँदा एकको ज्यान गयो

पाल्पा, १८ साउन । सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–तानसेन सडकमा जीप पहिरोले पुरिँदा एकजनाको ज्यान गएको छ । स्याङ्जाबाट बुटवल जाँदै गरेको लु २ च ७३८७ नम्बरको जीपमाथि पाल्पाको तिनाउ गाउँपालिका दोभान नजिकै माथिबाट पहिरो खस्दा चालकको ज्यान गएको हो ।

मृत्यु हुनेमा चालक २२ वर्षका आशिष खाँण ठकुरी रहेको प्रहरीले जनाएको छ । सोमबार साँझ ७ बजेतिर भएको दुर्घटनमा अन्य दुईजना सामान्य घाइते भएका छन् ।

घाइते र शबलाई लुम्बिनी प्रादेशिक अस्पताल लगिएको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय