scheduleशुक्रवार आश्विन १ गते, २०७८

बङ्गलादेश र अस्ट्रेलियाबीचको टी-२० श्रृंखला आजदेखि

काठमाडौं, १९ साउन । बङ्गलादेश र अस्ट्रेलियाबीचको पाँच खेलको टी-२० श्रृंखला आजदेखि सुरु हुँदै छ । श्रृंखलाअन्तर्गतको पहिलो खेल नेपाली समयअनुसार साँझ पौने ६ बजेदेखि सुरु हुनेछ ।

‍नियमित कप्तान एरन फिन्चको अनुपस्थितिमा अस्ट्रेलियाको कप्तानी म्याथिउ वेडले गर्नेछन् भने बङ्गलादेशको कप्तानी महमुदुल्लाहले गर्नेछन् ।

अस्ट्रेलिया केही दिनअघि मात्र क्यारेबिया भ्रमण सकेर एसिया आएको हो । वेस्टइन्डिजको भ्रमणमा अस्ट्रेलियाले एकदिवसीय श्रृंखला २-१ ले जित्दा टी-२० श्रृंखला भने ४-१ ले गुमायो ।

टी-२० क्रिकेटको विश्‍व वरीयतामा अस्ट्रेलिया पाँचौं स्थानमा रहेको छ भने बङ्गलादेश १०औं स्थानमा रहेको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय