scheduleशुक्रवार आश्विन १ गते, २०७८

कस्तो रहला मङ्गलबार दिनभरको मौसमी अवस्था ?

काठमाडौं, १९ साउन । मौसम पुर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा मनसुनी वायुको प्रभाव रहेको छ । अहिले देशका अधिकांश भू-भागमा सामान्य बदली रही बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा हल्का वर्षा भइरहेको छ ।

महाशाखाका अनुसार आज दिनभरको मौसम यसप्रकार रहनेछ ।

दिउँसो: देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, बागमती, गण्डकी, कर्णाली, सुदुरपश्चिम प्रदेशका एक दुई स्थानमा मेघ गर्जन /चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ ।

राती: देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश नं १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन /चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श:

प्रदेश १, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदुर पश्चिम प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन /चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेकोले पहाडी भू- भूगमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको छ । त्यसकारण नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय