scheduleशुक्रवार आश्विन १ गते, २०७८

‘द हन्ड्रेड’ क्रिकेटमा ओभल इन्भिन्सिबल्सको जीत

काठमाडौं, १९ साउन । इंग्ल्यान्डमा जारी ‘द हन्ड्रेड’ क्रिकेट प्रतियोगितामा ओभल इन्भिन्सिबल्सले दोस्रो जीत निकालेको छ । गएराति भएको खेलमा ओभलले वेल्श फायरलाई ६ विकेटले हराएको हो ।

वेल्शले दिएको १२२ रनको लक्ष्य ओभलले ९३ बलमा ४ विकेट गुमाएर पूरा गर्‍यो । कप्तान साम बिलिङ्स ४० रनमा अविजित रहे भने लाउरी इभान्सले २८ तथा विल ज्याक्सले २० रन बनाए । वेल्शका जिमी नीशमले २ तथा माट मिल्न्स र काइस अहमदले १-१ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको वेल्शले निर्धारित १०० बलमा ७ विकेट गुमाएर १२१ रन बनाएको थियो । कप्तान बेन डकेटले ६५ रनको योगदान दिएका थिए । ओभलका टम करानले ३ विकेट लिँदा रिश टोप्ले, शाकिब महमुद र तब्रेज शाम्शीले १-१ विकेट लिए ।

योसँगै दोस्रो जीत निकालेको ओभल ४ खेलबाट ५ अंकसहित अंकतालिकाको तेस्रो स्थानमा उक्लिएको छ भने समान खेलबाट ४ अंक भएको वेल्श चौथोमा रहेको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय