scheduleशुक्रवार आश्विन १ गते, २०७८

टोकियो ओलम्पिक: पदक तालिकामा चीनको वर्चश्‍व कायमै

काठमाडौं, १९ साउन । जापानको राजधानी टोकियोमा जारी ३२औं ग्रीष्‍मकालिन ओलम्पिकमा चीनले वर्चश्‍व कायमै राखेको छ । १०औं दिनको खेल सकिँदासम्म चीनले २९ स्वर्ण, १७ रजत र १६ कास्य गरी कुल ६२ पदक जितेको छ ।

अमेरिका २२ स्वर्ण, २५ रजत र १७ कास्यगरी कुल ६४ पदकसहित दोस्रो स्थानमा यथावत रहेको छ । आयोजक जापानले १७, स्वर्ण ६ रजत र १० कास्यगरी कुल ३३ पदक जितेको छ । १

४ स्वर्ण, ४ रजत र १५ कास्यगरी कुल ३३ पदक हात पारेको अष्ट्रेलिया चौथो स्थानमा रहँदा रसियन ओलम्पिक कमिटि टोली (आरओसी) १२ स्वर्ण, २१ रजत र १७ कास्यसहित ५० पदक जित्दै पाँचौ स्थानमा यथावत रहेको छ ।

इंग्ल्यान्ड ११ स्वर्ण, १२ रजत र १२ कास्यगरी कुल ३५ पदक जितेर छैटौं स्थानमा रहेको छ । फ्रान्स ६ स्वर्ण, १० रजत र ७ कास्यसहित २३ पदक जितेर सातौ स्थानमा जर्मनी ६ स्वर्ण, ६ रजत र ११ कास्यगरी २३ पदकसहित आठौं स्थानमा रहेको छ ।

दक्षिण कोरियाले ६ स्वर्ण ४ रजत र ९ कास्यगरी कुल १९ पदक हात पार्दै नवौं स्थानमा रहेको छ । नेदरल्यान्ड्स ५ स्वर्ण, ७ रजत र ६ कास्यगरी १८ पदक जित्दै शीर्ष १० भित्र रहेको छ ।

टोकियो ओलम्पिकमा हालसम्म ५७ राष्ट्रले स्वर्ण जित्दा ८० राष्ट्रले पदक जित्‍न सफल भएका छन् ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय