scheduleशुक्रवार आश्विन १ गते, २०७८

मंगलबार थपिए ३ हजार ३ सय ८३ कोरोना संक्रमित, २४ जनाको मृत्यु

काठमाडाैं, १९ साउन । नेपालमा मंगलबार थप ३ हजार ३ सय ८३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको १० हजार ६ सय ३८ पिसिआर परिक्षणका क्रममा २ हजार ४ सय ४८ र ६ हजार ८० एन्टीजेन परिक्षणका क्रममा ९३५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ७ लाख ६५ हजार ८१५ पुगेको छ । त्यस्तै कोरोनाका कारण थप २४ जनाको मृत्यु भएको छ । यो संगै नेपालमा ९ हजार ९ सय २२ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् ।

त्यस्तै थप १ हजार ९ सय ९४ संक्रमित निको हुँदा हालसम्म नेपालमा ६ लाख ६० हजार ११६ संक्रमितले कोरोना जितेका छन् । हाल ३२ हजार ५९ सक्रिय संक्रमित आइशोलेशन र ३७१ जना क्वारेन्टाइनमा छन् ।

हालसम्म नेपालमा ३६ लाख ३३ हजार ११८ वटा पिसिआर र ३ लाख ३१ हजार ८७९ वटा एन्टीजेन परिक्षण गरिएको मन्त्रालयले जनाएको छ ।

 

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय