scheduleशुक्रवार आश्विन १ गते, २०७८

किरण बने ‘द भ्वाइस अफ नेपाल-३’को विजेता

काठमाडौं, २४ साउन । चर्चित गायन रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’को तेस्रो सिजनको उपाधि किरण गजमेरले जितेका छन् । टिम प्रमोदबाट फाइनल पुगेका उनले तारा श्रीस मगर (टिम राजु), ज्वाला राई (टिम तृष्‍णा) र आर्यन तामाङ (टिम दीप) लाई भोटमा पछि पारे ।

उपाधिसँगै किरणले नगद २५ लाख रुपैयाँ समेत प्राप्त गरेका छन् । बाँकी तीनैजना फाइनलिस्टले द भ्वाइसकाे ट्रफी पाएका छन् । एक सातासम्म दर्शकले गरेको भोटका आधारमा यो निर्णय भएको हो ।

एसएमएस र अनलाइन मार्फत संसारभर रहेका नेपालीहरुले उनीहरुलाई भोट गरेका थिए । शनिवारको एपिसोडमा यी चारै जना प्रतिभाहरुले आफ्ना प्रस्तुतिहरु दिएका थिए ।

किरण गजमेरले उपाधि जितेपछि आफूलाई विश्वभरबाट भोट गर्ने सबै नेपालीलाई धन्यवाद दिए । किरणले भने–‘म यो मायाको लागि सधैं नै ऋणी भएको छु । मैले, अब नेपाली संगीतबाट केही लिने भन्दा पनि केही दिने बेला आएको छ ।’

टिम प्रमोदको प्रतिस्पर्धीले लगातार दोस्रोपटक यस शोको टाइटल जितेका छन् । यसअघि पनि टिम प्रमोदबाटै राम लिम्बुले यो उपाधि जितेका थिए ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय