scheduleशुक्रवार आश्विन १ गते, २०७८

कलाकार निशा घिमिरेको निधन

काठमाडौं, १६ भदौ । कलाकार निशा घिमिरेको निधन भएको छ । उनको नर्भिक अस्पतालमा उपचार भइरहेको थियो । मोडल तथा कलाकार रहेकी उनको उपचारका क्रममा बुधबार साँझ ६ः५१ बजे मृत्यु भएको हो ।

निशाको निधनको अस्पतालले विज्ञप्तिमार्फत जानकारी दिएको छ । नर्भिक अस्पतालका प्रमुख कार्यकारी अधिकृत अजय मिश्रले विज्ञप्तिमा भनेका छन्, ‘अस्पतालको सीसीयूमा लगातार राखी उपचार गरिएको र नर्भिकले गरेका सबै प्रयासका बाबजुद मोडल घिमिरेको निधन हुन पुगेकोमा हामी अत्यन्त दुःखी भएका छौं ।’

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय