scheduleशुक्रवार आश्विन १ गते, २०७८

एकै परिवारका ६ जनाको हत्या; शव बाटो, खोल्सा र बारीमा भेटियो

संखुवासभा, २१ भदौ । संखुवासभामा एकै परिवारका ६ जनाको हत्या भएको छ । मादी नगरपालिका–१ खोलागाउँका तेजबहादुर कार्कीको परिवारका सदस्यहरुको हत्या भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।

हत्या हुनेहरुमा तेजबहादुर कार्की, उनकी आमा, श्रीमती, बुहारी र दुई जना नाति छन् । तेजबहादुरका अन्दाजी ९० वर्षका बुबा बौद्ध कार्की भने घरभित्रै सकुशल फेला परेको जनाइएको छ ।

हत्यापछि कसैको शव घरभित्रै, बाटोमा, कसैको बारीमा र कसैको खोल्सामा भेटिएको थियो । ६ जनाको हत्या भएको विहान मात्र गाउँलेले देखेर प्रहरीलाई खबर गरेका थिए ।

विहान हत्या भएको भए हल्लाखल्ला भएर गाउँलेले थाहा पाउने बताउँदै प्रहरीले हत्या राति भएको हुनसक्ने अनुमान गरेको छ ।

घटनास्थल चैनपुरबाट चार घण्टाको दुरीमा पर्दछ । इलाका प्रहरी कार्यालय चैनपुरका इन्सपेक्टर युवराज खतिवडाको टोली घटनास्थल प्रस्थान गरेको बताइएको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय