scheduleशुक्रवार आश्विन १ गते, २०७८

१ हजार ६७७ जनामा कोरोना संक्रमण, २१ जनाको मृत्यु

काठमाडौँ, २२ भदाै । नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ४२३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार दिएको जानकारी अनुसार ११ हजार १११ पीसीआर परीक्षणमा मंगलबार थप १ हजार ४२३ जना र एन्टिजेन विधिद्वारा गरिएको ३ हजार ९२३ परीक्षणबाट २५४ जना गरी १ हजार ६७७ जनामा संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ७ लाख ७२ हजार १८२ पुगेको छ । यस्तै २४ घण्टामा पीसीआर र एन्टिजेन विधिबाट गरिएको १५ हजार ३४ जनाको परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा थप २ हजार ७२ जना संक्रमणमुक्त भएसँगै नेपालमा कोरोनामुक्त हुनेको संख्या ७ लाख ३१ हजार पुगेको छ ।

नेपालमा कोरोना संक्रमणबाट थप २१ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुने‍को संख्या १० हजार ८७९ पुगेको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार नेपालमा कोरोनाका सक्रिय संक्रमितको संख्या ३० हजार ९७६ पुगेको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय