scheduleशुक्रवार आश्विन १ गते, २०७८

मेसीको ह्‍याट्रिकमा अर्जेन्टिनाको सहज जीत

काठमाडौं, २५ भदौ । फिफा विश्‍वकप २०२२ अन्तर्गत दक्षिण अमेरिकी छनौटमा अर्जेन्टिनाले सहज जीत निकालेको छ । शुक्रबार विहान भएको खेलमा अर्जेन्टिनाले बोलिभियालाई ३-० ले हराएको हो ।

अर्जेन्टिनाको जीतमा कप्तान लियोनल मेस्सीले ह्‍याट्रका गरे । पहिलो हाफमा १ तथा दोस्रो हाफमा २ गोल भएका थिए ।

खेलको १४औं मिनेटमा लियान पेरेडेसको एसिस्टमा गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाएका थिए । पहिलो हाफमा अर्जेन्टिना १-० ले अगाडि रह्‍यो ।

दोस्रो हाफको ६४औं मिनेटमा मेसीले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई पनि २-० ले अघि बढाए । ८८औं मिनेटमा ह्‍याट्रिक पूरा गरेसँगै अर्जेन्टिना ३-० ले विजयी भयो ।

राष्ट्रिय टोलीबाट मेस्सीको यो छैटौं ह्‍याट्रिक हो । जीतसँगै ८ खेलबाट १८ अंक भएको अर्जेन्टिना दोस्रो स्थानमा यथावत् रहेको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय