scheduleशुक्रवार आश्विन १ गते, २०७८

राजेन्द्र र सीताका दुई गीतहरू लोकार्पण

काठमाडौं, २५ भदौ । साहित्यकार पती-पत्नीद्वय राजेन्द्रप्रसाद अर्याल र सीता अर्यालद्वारा रचित बेग्लाबेग्लै दुई गीतहरूको अडियो लोकार्पण गरिएको छ । बुधबार ईमेज एफएम (९७.९) बाट नेपाली समयानुसार बिहान एक कार्यक्रममा प्रसारण गरी लोकार्पण गरिएको हो ।

गीतकार राजेन्द्र अर्यालबाट रचना गरिएको ‘जून ठानी दिलमा राखेँ’ बोलको गीतको गायक किरण भुजेल र एरेन्जर सचिन सिंह रहेका छन् ।

त्यस्तै गीतकार सीता अर्यालबाट रचना गरिएको ‘हेर्न मन लाग्दो रैछ’ बोलको गीतको गायक शिव परियार र एरेन्जर प्रदिप श्रेष्ठ रहेका छन् । दुवै गीतहरूमा सङ्गीत भर्ने काम प्राज्ञ सङ्गीतकार सुनिल मास्केले गरेका हुन् ।

गोरखा स्थायी घर भएका गीतकार दम्पती हाल अमेरिकामा बसोबास गरिरहेका छन् । विदेशमा रहेर पनि विभिन्न पुस्तकहरू लेखेर एवं संघसंगठनमा आवद्ध भएर नेपाली भाषा, साहित्य र संस्कृतिको श्रीवृध्दिमा निरन्तर लागिरहेका छन्।

सुन्नुहोस् गीतहरू-

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय