scheduleशुक्रवार आश्विन १ गते, २०७८

काँग्रेसको पौडेल पक्षले बोलायो केन्द्रीय सदस्यहरूको बैठक

काठमाडाैं, २८ भदाै । पार्टी सभापति शेरबहादुर देउवाले डडेल्धुरामा प्रहरी प्रशासन लगाएर वडा अधिवेशन गराएको आरोप लगाउँदै नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आफू निकटका केन्द्रीय सदस्यहरूको बैठक बोलाएका छन् ।

आगामी महाधिवेशन र पार्टीभित्रको गुटगत राजनीतिका बारेमा बैठकमा छलफल हुने बताइएको छ । सोमबार दिउँसो २ बजे पार्टी कार्यालय ललितपुर सानेपामा बैठक बस्ने नेताहरूले बताएका छन् । काँग्रेस डडेल्धुराका सभापति कर्ण मल्लले जिल्लाको क्रियाशील सदस्यतामा केन्द्रले धाँधली गरेको आरोप लगाउँदै आएका छन् भने पौडेल पक्षले पनि विरोध गर्दै आएको छ ।

प्रक्रियागत रुपमा सिफारिस भएका ४६० जना क्रियाशील सदस्यताको सूची केन्द्रले काटेको र जिल्लाले नपठाएको ३१२ जनाको नाम केन्द्रले जबरजस्ती थपेर अधिवेशन गराएको आरोप लाग्दै आएको छ । काँग्रेस उपसभापति विमलेन्द्र निधिले पनि विवाद नटुङ्ग्याइ डडेल्धुराको वडा अधिवेशन नगर्न देउवालाई पत्र पठाएका थिए ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय