scheduleशुक्रवार आश्विन १ गते, २०७८

आईसीसी विश्वकप क्रिकेट लिग–२ : नेपालले आज अमेरिकाविरुद्ध खेल्दै

काठमाडाैं, २८ भदाै । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नेपाल, ओमान र अमेरिकाबीचको त्रिकोणात्मक एकदिवसीय खेल आज बाट सुरु हुँदैछ । ओमानको अल अमिरात क्रिकेट मैदानमा नेपालले आज अमेरिकाविरुद्ध खेल्दै खेलको सुरुवात गर्नेछ ।

नेपाली समय अनुसार नेपाल र अमेरिकाबीचको खेल दिउँसो ४ बजेर १५ मिनेट मा सुरु हुनेछ । लिग–२ अन्तर्गत नै नेपालले यस अघि घरेलु मैदानमा अमेरिकासँग दुई खेल खेलेको थियो । नेपालले दुबै खेल जितेको थियो । जसको कारण नेपाल आत्मविश्वासी भएर मैदान उत्रनेछ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय