scheduleशुक्रवार आश्विन १ गते, २०७८

प्रिमियर लिग: बर्नलीमाथि एभर्टनको शानदार जीत

काठमाडौं, २९ भदौ । इंग्लिस प्रिमियर लिग फुटबलअन्तर्गत गएराति भएको खेलमा एभर्टनले शानदार जीत हासिल गरेको छ । घरेलु मैदानमा भएको खेलमा एभर्टनले बर्नलीलाई ३-१ ले हराएको हो ।

१-० ले पछि परेको अवस्थाबाट एभर्टनले ६ मिनेटमा ३ गोल फर्काएको थियो । एभर्टनको जीतमा माइकल किन, आन्द्रस टाउनसेन्ड र डेमाराए ग्रेले १-१ गोल गरेका थिए ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको दोस्रो हाफमा बर्नलीले सुरुवाती अग्रता बनाएको थियो । बेन मीले गोल गर्दै पाहुना टोलीलाई अघि बढाए ।

६०औं मिनेटमा किनले बराबरी गोल फर्काए । ६५औं मिनेटमा टाउनसेन्डले टाढाबाट दर्शनीय गोल गर्दै एभर्टनलाई खेलमा अगाडि ल्याए ।

लगत्तै ६६औंं मिनेटमा ग्रेले गोल गरेपछि एभर्टन ३-१ ले अघि बढ्यो र त्यसपछि गोल भएनन् र एभर्टन विजयी भयो ।

जीतसँगै ४ खेलबाट १० अंक भएको एभर्टन चौथो स्थानमा रहेको छ । पराजित बर्नली १ अंकसहित १८औं स्थानमा छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय