scheduleशुक्रवार आश्विन १ गते, २०७८

कविताः बाल दिवस

विवेक श्रेष्ठ

भाद्र २९आज, बालदिवसको दिन
खेल्ने, पढ्ने रमाइलो गरौँ एकैछिन।

हुनेछौँ भोलि हामी देशको कर्णधार
दायित्व सबैको पूरा गर्ने हाम्रो रहर।

सबैबाट आज हामी ज्ञान बाँढी लिन्छौँ
त्यहि ज्ञानले देशलाई समृिद्धतर्फ लैजान्छौं।

बालअधिकार महासन्धिमा हस्ताक्षर गरेर नि बित्यो वर्षौ महिना र दिन
यद्यपि व्यवहारमा बालअधिकार महसुस गर्न पाइँदैन खै किन

भेटिन्छ ति निर्दोष बालबालिका, कापी कलम नदेखेका जसले
तिनको जन्मसिद्ध अधिकार खोस्ने हक उनीहरूलाई दियो कसले ?

नेपाल सरकारले हामीलाई पनि दिनुपर्छ प्राथमिकता
पूरा हुनुपर्छ हाम्रा पनि सबै आवश्यक्ता ।

शिक्षा, खाना, हेरचाह चाहिन्छ हामी सबैलाई
हाम्रो हक र अधिकारबाट बञ्चित नगर हामीलाई

गरौ खबरदारी, भाद्र २९ को दिनआज, हो बाल दिवस
गर्न नपाओस् कसैले हाम्रो सुनौलो बाल्यकाललाई तहसनहस ।

(श्रेष्ठ सिद्धार्थ वनस्थली इन्स्टिच्युटमा कक्षा नौमा अध्ययनरत छन् ।)

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय