scheduleशुक्रवार आश्विन १ गते, २०७८

नाग्दीखोलामा पहिरो खस्दा पृथ्वी राजमार्ग अवरुद्ध

तस्वीर: चितवन ट्राफिक

चितवन, ३० भदौ । पृथ्वी राजमार्गअन्तर्गत चितवनको नाग्दीखोलामा पहिरो खस्दा राजमार्ग दुईतर्फी रुपमा अवरुद्ध भएको छ ।

गएरातिदेखि सुरु भएको वर्षाका कारण आज विहान करिब पौने ३ बजेको समयमा इच्छाकामना गाउँपालिका-५ नाग्दी खोलामा माथि बाट पहिरो झरी बाटो पुर्ण रुपमा अवरोध भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको छ ।

पहिरो पन्छाउने कार्य भईरहेको हुँदा यात्रा गर्दा उक्त सडकको अवस्था बुझेर मात्र यात्रा गर्न प्रहरीले अनुरोध गरेको छ ।

सडक अवरुद्ध भएपछि पश्‍चिमबाट काठमाडौं भित्रिने र पूर्वबाट चितवन हुँदै काठमाडौं आउने सवारी जाममा परेका छन् ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय