scheduleशुक्रवार आश्विन १ गते, २०७८

च्याम्पियन्स लिग फुटबल: बायर्नले बार्सिलोनालाई हरायो

काठमाडौं, ३० भदौ । युइएफए च्याम्पियन्स लिग फुटबलअन्तर्गत गएराति भएको समूह चरणको पहिलो खेलमा स्पेनिस क्लब बार्सिलोनाले हार व्यहोरेको छ । जर्मन महारथी बायर्न म्युनिखले बार्सिलोनालाई उसैको मैदानमा ३-० गोलअन्तरले हराएको हो ।

बायर्नको जीतमा रोबर्ट लेवान्डोस्कीले २ गोल गर्दा थोमस मुलरले १ गोल गरे । पहिलो हाफमा एक गोल गरेको बायर्नले दोस्रो हाफमा दुई गोल थप्यो ।

खेलको ३४औंं मिनेटमा मुलरले पाहुना टोलीलाई सुरुवाती अग्रता दिलाए । दोस्रो हाफको ५६औं मिनेटमा लेवान्डोस्कीले गोल गरेपछि बायर्न २-० ले अघि बढ्यो ।

८५औं मिनेटमा लेवान्डोस्कीले व्यक्तिगत दोस्रो गोल गरेपछि बायर्नको ३-० को जीत सुनिश्चित भयो । बल पोसेसनमा दुवै टोलीको लगभग बराबरीकै अवस्था भएपनि बार्सिलोनाका कुल ५ प्रहारमध्ये कुनैपनि प्रहार टार्गेटमा हुनै सकेन ।

जीतसागै बायर्नले समूह इ मा ३ अंक जोडेको छ । यही समूहको अर्को खेलमा बेनफिका र डाइनामो किभले बराबरी खेलेका छन् ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय