अभिनेता सरोज खनाल अब निर्देशक पनि

साझापोस्ट

८ फागुन, काठमाडाै‌ । अभिनेता सरोज खनालले पनि फिल्म निर्देशनमा हात हालेका छन् । उनी फिल्म ‘बगान’ बाट निर्देशकको रुपमा अगाडि आउन लागेका हुन् ।

फिल्मको अहिले छायांकन भइरहेको छ । करिश्मा मानन्धर, नीर शाह र प्रमिला कार्कीलगायतको मुख्य भूमिका रहने फिल्ममा उनी पनि देखिँदैछन् ।

फिल्म सुरेश वाग्लेसँगको सहकार्य गरेर सरोज आफैंले निर्माण गरिरहेको हुन् ।

कुनै समयका सुपरस्टार नायक रहेका सराेज एक्कासी अमेरिका पलायन भएका थिए ।

बीचमा नेपाल फर्किएका उनी अण्डा व्यवसायमा लागेका थिए भने अभिनयमा समेत व्यस्त थिए ।

सराेजले यस अगाडि केही म्युजिक भिडियो र सर्ट फिल्म निर्माण गरेका सरोजको फिचर फिल्म निर्देशन भने यो पहिलो हो ।