दोस्रो एक दिवसीय क्रिकेटमा नेपालको सानदार जित, जिम्बावे ‘ए’ ९ विकेटले पराजित

साझापोस्ट

२४ बैशाख, काठमाडौं । दोस्रो एक दिवसीय क्रिकेटमा नेपालले पाहुना टोली जिम्बावे ए विरुद्ध सानदार जित निकालेको छ । टियु क्रिकेट मैदानमा शनिबार नेपालले जिम्बावे एलाई ९ विकेटले पराजित गरेको हो ।

जिम्बावेले दिएको ८८ रनको सामान्य लक्ष्य नेपालले ११ ओभर २ बलमा १ विकेटको क्षतीमा पूरा गर्यो । नेपालको जितमा सुनिल धमलाले सर्वाधिक ३८ रन बनाए । आसिफ शेखले अविजित ३४ रन जोडे । विनोद भण्डारी ४ रनमा नटआउट रहे ।

जिम्बावेका ब्राण्डन माभुताले १ विकेट लिए । यस अघि टस हारेर पहिले ब्याटिङ गरेको जिम्बावे ३१ ओभर १ बलमा अलआउट हुँदै ८७ रन बनाएको थियो ।

नेपाली बलरको किफायती बलिङ गरेको खेलमा जिम्बावेका लागि जोनाथन क्याम्पबेलले २७ रन बनाए । नेपालका सोमपाल कामी र करण केसीले ३÷३ विकेट लिए । सन्दीप लामिछानेले २ तथा सागर ढकालले १ विकेट लिए।


जितसँगै नेपालले पहिलो खेलमा व्यहोरेको हारको बदला लिएको छ । शुक्रबार भएको पहिलो खेलमा नेपाल ३ विकेटले पराजित भएको थियो । तीन खेलको सिरिजमा १–१ को बराबरी भएको छ । अन्तिम तथा तेस्रो एकदिवसीय सोमबार हुनेछ ।

आईसीसी पुरुष क्रिकेट विश्वकप लिग टु अन्तर्गत अमेरिकामा हुने त्रिकोणात्मक एकदिवसीय सिरिजको तयारी स्वरूप नेपालले जिम्बावे एसँग सिरिज खेलिरहेको हो। यस अघि भएको तीन खेलको टी–ट्वान्टी सिरिज ११ को बराबरीमा सकिएको थियो।