नेपाली टेबल टेनिस टिम दक्षिण एशियाली जुनियर प्रतियोगिताको फाईनलमा

साझापोस्ट

२७ बैशाख, काठमाण्डौ । नेपाली टोली माल्दिभ्सको मालेमा जारी दक्षिण एशियाली जुनियर तथा क्याडेट टेबल टेनिसको फाईनल प्रवेश गरेको छ ।

नेपाली क्याडेट गर्ल्स टिमले श्रीलङकन क्याडेट गर्ल्स टिमलाई सेमिफाईनलमा ३–१ ले हराउँदै फाईनल प्रवेश गरेको हो । अखिल नेपाल टेबल टेनिस संघका उपाध्यक्ष धर्ममान बज्राचार्यका अनुसार नेपाली टोलीले उपाधिका लागि फाईनलमा भारतको सामना गर्नेछ ।