रुबिनाको कप्तानीमा युगाण्डा विरुद्ध खेल्ने नेपाली क्रिकेट टोलीको घोषणा

साझापोस्ट

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले युगान्डाविरुद्धको टी-ट्वेन्टी अन्तर्राष्ट्रिय सिरिजका लागि नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीको घोषणा गरेको छ । क्यानले बुधबार रुबिना क्षेत्रीको कप्तानीमा टोलीको घोषणा गरेको हो ।नेपालले जेठमा युगान्डासँग घरेलु मैदानमा टी-ट्वेन्टी सिरिज खेल्नेछ । टियु क्रिकेट मैदानमा पाँच खेलको सिरिज हुनेछ । नेपाल र युगान्डाबीचको पहिलो टी–ट्वेन्टी जेठ २ गते हुनेछ ।दोस्रो खेल जेठ ३ गते र तेस्रो जेठ ५ चौंथो ६ गते र अन्तिम टी-ट्वेन्टी जेठ ७ गते हुनेछ ।

नेपाली टोली

रुबिना क्षेत्री, सीता राना मगर, इन्दु वर्मा, काजल श्रेष्ठ, करुणा भण्डारी, सरिता राना मगर, कविता कुँवर, अप्सरी बेगम, सरस्वती चौधरी,ममता चौधरी,अश्मिना कर्माचार्य,सुमन खतिवडा,संगीता राई, कविता जोशी,रोमा थापा,ज्योति पाण्डे,सबनम राई,बिन्दु रावल,इश्वरी विष्ट,डोली भट्ट,हिरणमायी रोय,रितु कनोजिया