मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिकामा एमाले विजयी

साझापोस्ट

३१ बैशाख, काठमाण्डौ । मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका अध्यक्ष पदमा एमाले उम्मेदवार निर्वाचित भएका छन् ।

एमालेका अध्यक्षका उम्मेदवार रिन्जिन नम्ग्याल गुरुङ ८७६ मत सहित निर्वाचित भएका हुन् ।

 

उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका उम्मेदवार अनजेल गुरुङले ५७७ मत ल्याएका छन् । योसँगै एमालेले अहिलेसम्म घोषित ९ नौ पालिका मध्ये पाँचवटा जितेको छ ।