बुटवलमा कांग्रेसको अग्रता फराकिलो हुँदै, एमाले तेस्रो, उपमेयरमा राप्रपाको अग्रता

साझापोस्ट

काठमाडौं । बुटवल उपमहानगरपालिकामा कांग्रेसले अग्रता फराकिलो बनाउँदै लगेको छ ।  ११ सय मत गणना हुँदा एमालेको अवस्था भने कमजोर देखिएको छ ।

वडा नम्वर एकको मतगणना जारी रहँदा कांग्रेसका खेलराज पाण्डेले ४ सय ५५ मत ल्याएका छन् । दोस्रो स्थानमा रहेका राप्रपाका मृगेन्द्र शेरचनले २ सय ३६ र एमालेका बाबुराम भट्टराईले १ सय ७९ मतमात्रै ल्याएका छन् ।

उपमेयरमा भने राप्रपाले अग्रता लिएको छ । राप्रपाकी भगवती पाण्डेले २६३ र  एमालेकी सावित्रा अर्यालले २१५ मत ल्याएकी छिन् । एकीकृत समाजवादीका चीनबहादुर गुरूङको १८२ मत छ । बुटवलमा गठबन्धनबाट मेयर कांग्रेस र उपमेयर एकीकृत समाजवादीले पाएको छ । वडा नम्वर एक अघिल्लो चुनावमा एमालेले जितेको थियो ।