मनाङका सबै चारै पालिकाको नतिजा आयो, कांग्रेस र एमाले समान दुई पालिकामा विजयी

३१ बैशाख, काठमाण्डौ । चार वटा गाउँपालिका रहेको मनाङमा सबै स्थानीय तहको नतिजा सार्वजनिक भएको छ । जसमा नेकपा एमाले र नेपाली कांग्रेसले दुई–दुई गाउँपालिका जितेका छन ।
नेपाली कांग्रेसले जिल्लाको नार्पा भूमि गाउँपालिका र नासों गाउँपालिका जितेको छ । नार्पा भूमिमा कांग्रेसका कोन्जो तेन्जिङ लामा अध्यक्षमा निर्वाचित भएका छन । यस्तै नासों गाउँपालिकाको अध्यक्षमा कांग्रेसकै धनबहादुर गुरुङ निर्वाचित भएका छन् ।
एमालेबाट चामे गाउँपालिकाको अध्यक्षमा लोकेन्द्रबहादुर घले र मनाङ ङिस्याङ गाउँपालिकामा कान्छा घले विजयी भएका छन ।
चार गाउँपालिकाको उपाध्यक्षमा प्रमुख तीन पार्टीका एक–एक जना निर्वाचित भएका छन् । बाँकी एक जना स्वतन्त्र उम्मेदवार निर्वाचित भएका छन् । जिल्लाको चामे गाउँपालिकाको उपाध्यक्षमा कांग्रेसका मिङमार ढोमा लामा, नासों गाउँपालिकाको उपाध्यक्षमा नेकपा माओवादी केन्द्रका बेदबहादुर गुरुङ विजयी भए ।
यस्तै मनाङ ङिस्याङ गाउँपालिकाको उपाध्यक्षमा स्वतन्त्र छिरिङ गुरुङ विजयी भएका छन । नार्पा भूमि गाउँपालिकाको उपाध्यक्षमा एमालेका मेङमर फुन्चो लामा निर्विरोध निर्वाचित भएका छन । ।