भरतपुरमा रेनुलाई अग्रता

साझापोस्ट

३१ बैशाख, काठमाण्डौ । भरतपुर महानगरपालिकामा नेकपा माओवादी केन्द्रका उम्मेदवार रेनु दाहालले अग्रता लिएकी छन । प्राप्त पछिल्लो परिणाम अनुसार रेनु दाहालले ६३, एमालेका विजय सुवेदीले ३७ र स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ५ मत भएका छन ।भरतपुरमा नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी, जसपा र राजमोबीच तालमेल छ भने एमाले, राप्रपा र परिवार दलको अर्को गठबन्धन छ ।