घोराही उपमहानगरमा गठबन्धनको सुरुवाती अग्रता

साझापोस्ट

काठमाडौं । दाङको घोराही उपमहानगरपालिकामा गठबन्धनले सुरूआती अग्रता लिएको छ ।
३ सय मत गन्दा गठबन्धनबाट मेयरको उम्मेद्वार बनेका माओवादी केन्द्रका हेमराज शर्माले १७२ मत प्राप्त गरेका छन् । नेकपा एमालेका नरूलाल चौधरीले १४५ मत प्राप्त गरेका छन् ।

गठबन्धनबाट उपमेयरमा उम्मेद्वार बनेका कांग्रेसका भुपबहादुर डाँगीले १८० र एमालेकी हुमा डिसीले १४० मत प्राप्त गरेकी छन्। दाङको अर्को उपमहानगर तुलसीपुरमा भने चुनाव रोकिएको छ । दाङ नेकपा एमालेका महासचिव शंकर पोखरेलको गृहजिल्ला हो ।