ललितपुरमा गठबन्धनका चिरीबाबुलाई सुरुवाती अग्रता

साझापोस्ट

काठमाडौं । ललितपुर महानगरपालिकामा गठबन्धनका उम्मेदवार चिरिबाबु महर्जनले सुरुवाती अग्रता लिएका छन् ।

५० मत गन्दा महर्जनले अग्रता लिएका हुन् । उनले २८ मत ल्याएका छन् । नेकपा एमालेका हरिकृष्ण व्यन्जनकारले १० मत पाएका छन् ।

महर्जन नेपाली कांग्रेसबाट दोस्रो पटक मेयरमा उम्मेद्वार बनेका हुन् । उनी अघिल्लो कार्यकालमा पनि ललितपुर महानगरका मेयर थिए । यहाँ उपमेयर माओवादीले पाएको छ ।