हेटौडा उपमहानगरको मेयरमा एकीकृत समाजवादीको अग्रता

साझापोस्ट

काठमाडौं । हेटौडामा १२ सय ५० मत गन्दा एकीकृत समाजवादी अगाडि छ । एमालेले पछ्याइरहेको छ ।
हेटौँडा उपमहानगरपालिकामा चार वटा वडामा १२ सय ५० मत गन्दा गठबन्धनका तर्फबाट मेयरमा उम्मेद्वारी दिएकी एकीकृत समाजवादीकी मीनाकुमारी लामा १८ मतले अगाडि छन् । एमालेका मेयरका उम्मेदवार अनन्तप्रसाद पौडेलले लामालाई पछ्याइरहेका छन् ।

लामाले ३ सय ८८ मत प्राप्त गर्दा एमालेका पौडेलले ३ सय ७० मत प्राप्त गरेका छन् । यस्तै राप्रपाका मेयरका उम्मेदवार दीपकबहादुर सिंहले ३ सय ४२ मत प्राप्त गरेका छन् ।

उपमेयरमा गठबन्धनका तर्फबाट कांग्रेसका उम्मेदवार राजेश बानियाँले ५ सय ७५ मत प्राप्त गर्दा एमालेका उपमेयरका उम्मेदवार सुमित्रा काफ्लेले ४ सय ८ मत र राप्रपाकी इन्दिरा न्यौपानेले ८८ मत प्राप्त गरेकी छन् ।