मुस्ताङको लोमन्थाङ गाउँपालिकामा एमाले विजयी

साझापोस्ट

३१ बैशाख, काठमाण्डौ । चीनको सीमावर्ती कोरोला नाकामा पर्ने मुस्ताङको लोमन्थाङ गाउँपालिकामा एमाले विजयी भएको छ ।

पालिका अध्यक्षमा एमालेका टसी न्हुर्वु गुरुङ ६ सय ६८ मत ल्याएर विजयी भएका छन । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका टसी गुरुङले ५ सय १४ मत पाए । योसँगै एमालेले ६ पालिका जितेको छ ।

त्यस्तै, उपाध्यक्षमा एमालेकै छ्युमी विष्ट गुरुङले ६ सय ३२ मत लिएर विजयी भएकी छन । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी छिरिङ ढोका गुरुङले ५ सय २९ मत पाइन ।

निर्वाचन अधिकृतको कार्यालयका अनुसार लोमन्थाङ गाउँपालिकाका ५ वडामध्ये २, ३ र ४ मा एमाले र १ र ५ वडाध्यक्ष काँग्रेस विजयी भएका छन् ।