प्रधानमन्त्री देउवाकै वडामा कांग्रेस उम्मेदवार पराजित

साझापोस्ट

३१ बैशाख, काठमाडौं । प्रधानमन्त्री एबं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मतदान गरेको वडामै नेपाली कांग्रेसका उम्म्ेदवार पराजित भएका छन् । त्यहाँ कांग्रेस बिपीका उम्मेदवार विजयी भएका छन् ।

डडेल्धुराको गन्यापधुरा वडा नम्बर १ रुवाखोलामा कांग्रेसका उम्मेदवारलाई हराउँदै कांग्रेस बिपीका नरेश भण्डारी अध्यक्षमा विजयी भएका हुन् । भण्डारीले ६७३ मत ल्याएर विजयी हुँदा कांग्रेस उम्मेदवारले ५४४ मत ल्याए ।