भक्तपुर नगरपालिकामा नेमकिपाको फराकिलो अग्रता

साझापोस्ट

काठमाण्डौ । भक्तपुर नगरपालिकामा नेपाल मजदुर किसान पार्टीले निकै ठूलो मतान्तरका साथ अग्रता लिएको छ । नेमकिपा मेयरका उम्मेदवार सुनिल प्रजापतिले २०१५ र उपमेयरका उम्मेदवार रजनी जोशीले २०१७ मत ल्याएकी छिन् ।

 

यस्तै नेकपा एमालेका मेयरका उम्मेदवार रविन्द्र लामिछाने १५९ र उपमेयरमा रञ्जना खर्बुजाले १५७ मत, नेपाली काँग्रेसका मेयरका उम्मेदवार रामप्रसाद कासुलाले १३३ उपमेयर १११ मत एकीकृत समाजवादीका ओमचरण अमात्यले २६ मत ल्याएका छन् ।

यो नगरपालिकामा काँग्रेस र एकीकृत समाजवादीको तालमेल थियो । यस्तै नेकपा माओवादी केन्द्रका मेयरका उम्मेदवार तुलसीभक्त सुवालले ८० र उपमेयर इन्द्रमाया सुवालले ८४ मत ल्याएका छन् । भक्तपुर नगरको वडा १,२ र ३ को गणना चलिरहेको छ ।