सत्तागठबन्धनभन्दा उम्मेदवार नै नभएको चुनाव चिन्ह र बागीलाई बढी मत

साझापोस्ट

३१ बैशाख, काठमाडौं । जनकपुरधाम उप–महानगरपालिकामा सत्ता गठबन्धनको उम्मेदवारभन्दा उम्मेदवार नभएको नेपाली कांग्रेसको रुख चिन्हमा बढी मत आएको छ । जनकपुरधाममा सत्ता गठबन्धनबाट जनता समाजवादी पार्टीका निवर्तमान मेयर लालकिशोर साहले ४८ मत पाएका छन् । तर, उम्मेदवार नै नभएको नेपाली कांग्रेसको रुख चिन्हमा ५६ मत आएको छ ।

बागी उम्मेदवार मनोज साहले ३२९ मत ल्याएका छन् । त्यस्तै, नेकपा एमालेका शिवशंकर साह हिराले १२५, स्वतन्त्र उम्मेदवार बलराम महतोले ७५, लोसपाका मनोज चौधरी ५७, स्वतन्त्र उम्मेदवार जानकी राम साहले ३४ मत पाएका छन् ।

त्यस्तै, उपमेयरमा सत्तारुढ गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका किशोरी साहले ३८६, नेकपा एमालेका रुणा झाले १४९, लोकतान्त्रिक समाजवादी पार्टीकी रिता मिश्रले ७६ र स्वतन्त्र उम्मेदवार निर्मल चौधरीले ७२ मत ल्याएकी छिन् ।