इटहरी उपमहानगरमा पनि गठबन्धनको अग्रता

साझापोस्ट

काठमाडौं ।  इटहरी उपमहानगरपालिकाको मेयरमा पनि गठबन्धनका उम्मेदवारले अग्रता लिएका छन् । मेयरमा गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका उम्मेद्वार हेमकर्ण पौडेलले अग्रता कायम राखेका हुन्।

तीन सय मत गणना हुँदा पौडेलले १ सय ७० मत पाएका छन् । एमालेका यामकुमार सुब्बाले ८९ मत पाएका छन् । यस्तै राप्रपाका आकाश हाङ लिम्बुले १५ मत ल्याएका छन्।

उपमेयरमा एमालेकी संगीता चौधरीले १ सय ७ मत र गठबन्धनबाट उम्मेदवार बनेका एकीकृत समाजवादीका केशवकुमार बिष्टले ९० मत पाएका छन्। राप्रपाकी बबिता चौधरीले १८ मत पाएकी छन्। यो उपमहानगरमा अघिल्लो चुनावमा नेकपा एमाले विजयी भएको थियो ।