बाबुरामको वडामा जसपाको प्यानल नै विजयी

साझापोस्ट

काठमाडौं । गोरखाको पालुङटार नगरपालिका वडा नम्बर १ मा जनता समाजवादी पार्टी जसपाको प्यानल नै विजयी भएको छ।

वडाध्यक्षमा कृष्णबहादुर परियार निर्वाचित भएका छन् । उनी अघिल्लो चुनावमा पनि वडाध्यक्ष बनेका थिए ।

परियारले ६४८ मत ल्याए भने निकट्तम प्रतिद्धन्दी कांग्रेसका उम्मेदवारले पाँच सय ८ मत पाए । माओवादी केन्द्रका उम्मेदवार सुरेन्द्र श्रेष्ठले ३७० मत ल्याएका छन् । यो वडामा कुल १ हजार ९१० मत खसेको थियो । यही वडामा जसपा अध्यक्ष एवं पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईको घर समेत छ ।