आगामी आर्थिक वर्षदेखि सामाजिक सञ्जाललाई पनि करको दायरामा ल्याइने

साझापोस्ट

काठमाडौं । सरकारले अगामी आर्थिक वर्षदेखि सामाजिक सञ्जाललाई पनि कानूनी र करको दायरामा ल्याउने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले सार्वजनिक गरेको सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा ‘विद्युतीय प्रणालीबाट सञ्चालन भई व्यावसायिक कारोबार गर्ने सामाजिक सञ्जाललाई पनि कानून र करको दायरामा ल्याइने’ उल्लेख छ ।

आगामी आर्थिक वर्षमा नेपालको आफ्नै स्याटेलाइट स्थापना गर्ने प्रक्रिया अगाडि बढाउने, साइबर सुरक्षा प्रणाली लागू गर्दै डिजिटल शिक्षा लागू गर्न र देशैभर उच्च गतिको इन्टरनेट सेवा विस्तार गर्ने कार्यलाई पनि प्राथमिकता दिने नीति तथा कार्यक्रममा उल्लेख छ ।