मूल्यवृद्धि विरुद्ध संयुक्त विद्यार्थी संगठनले घेरे निगमको कार्यालय

काठमाडौं । संयुक्त विद्यार्थी संगठनले बुधबार बिहान नेपाल आयल निगमको केन्द्रिय कार्यालय घेराउ गरेका छन् ।
पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि विरुद्ध नेपाल विद्यार्थी संघ, अनेरास्ववियू, अखिल क्रान्तिकारी लगायतका विद्यार्थी संगठनले निगमको कार्यालय घेराउ गरेका हुन् ।
उनीहरुले सरकारसँग मूल्यवृद्धि फिर्ता लिन माग गर्दै नाराबाजी गरेका छन् ।
मूल्यवृद्धि फिर्ता नलिए थप कडा आन्दोलन गर्ने चेतावनी दिएका छन्।