बालेनलाई माधव नेपालको बधाई, भन्छन–हाम्रो पार्टी सहकार्य गर्न तयार छ

साझापोस्ट

काठमाण्डौ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले काठमाण्डौ महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन साहलाई बधाई दिएका छन । फेसबुक मार्फत नेपालले बधाई दिएका हुन । उनले मेयर बालेन साहसँग सहकार्य गर्न पनि आफ्नो पार्टी तयार रहेको प्रष्ट पारेका छन ।

‘काठमाडौं महानगरपालिकाको प्रमुख पदमा जनताको लोकप्रिय मत सहित निर्वाचित हुनुभएकोमा युवा उम्मेद्वार बालेन्द्र साह(बालेन)जीलाई हार्दिक बधाई एवम् सफल कार्यकालको शुभकामना ।’ नेपालले लेखेका छन–
यहॅाले सार्वजनिक रूपमा प्रतिबद्धता गरे अनुरूप काठमाडौंलाई उत्कृष्ट शहर बनाउने लगायतका सबै असल कार्यमा सहयोग एवम् सहकार्य गर्न हाम्रो पार्टी सदैब तत्पर छ ।’

उनले , काठमाडौं महानगरपालिकाका नवनिर्वाचित उपप्रमुख, वडाध्यक्ष तथा सम्पूर्ण जनप्रतिनिधिलाई पनि बधाई र शुभकामना दिएका छन ।