भलबारी डिपोमा ठुलो दुर्घटना टर्‍यो, ट्याङ्करमा लागेको आगो नियन्त्रणमा

साझापोस्ट

भैरहवा । नेपाल आयल निगमको भलबारी डिपोबाहिर ट्याङ्करमा लागेको आगो नियन्त्रणमा लिइएको छ । आगो नियन्त्रणमा आएपछि ठुलो दुर्घटना टरेको छ ।

डिपोको पेट्रोल भण्डारणको मुखैमा दुईवटा पेट्रोल ट्याङ्करमा आगो लागेको थियो  । हाललाई डिपो बन्द गरेर सुरक्षा जाँच भइरहेको छ । बिहान डिपोमा पेट्रोल खन्याउन आएका ५ वटा मध्ये पहिलो लाइनमा रहेका दुईवटा ट्याङ्करमा आगो लागेको थियो ।

डिपो नजिकै भए पनि आगलागी फैलिन नपाएकाले ठुलो दुर्घटना भने हुन पाएन । हाल डिपो पुर्ण रुपमा सुरक्षित रहेको र थप छानविन भैरहेको अधिकारीहरुले  जनाएका छन् । डिपोमा ३० लाख लिटर डिजेल र ५ लाख लिटर पेट्रोल भण्डारण हुने गरेको छ। आगो डिपोमा फैलिएको भए  अकल्पनीय दुर्घटना हुनेथियो ।